काठमाडौँ। पछिल्लो समय काठमाडौँका मेयर बालेन शाह विवादमा मुछिएका छन् । जेन जीले गरेको आन्दोलनमा उनले मौन समर्थन गरे। देशमा सिंहदरबार लगायतका धेरै संरचनाहरू जलेर खरानी भए। यति हुँदा पनि बालेनको कुनै प्रतिक्रिया नआएकोमा प्राय जनताहरू हतोत्साहित बनेका छन्।
यसै विषयलाई लिएर नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बालेन विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । जाहेरीमा सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या हुनुमा मयेर बालेनलाई दोषी ठहराईएको छ। बालेनविरुद्ध प्रहरीमा जाहेरी दिइनु र जाहेरीपछि मयर बालेन प्रतिरक्षामा उत्रिनुलाई के भन्नुहुन्छ भनेर हामीले आम नागरिकको धारणा लिएका छौं । हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तैः


