काठमाडौँ । तिहार हाम्रो घर आँगनमा आईसकेको छ । विशेषगरी पाँच दिनसम्म मनाईने तिहार लक्ष्मीपूजादेखि सुरू भएर भाईटिकामा समापन हुन्छ । तिहारमा घरघरमा झिलिमिली बत्ती हाल्ने पनि चलन छ । यो चाडलाई दिदिभाई तथा दाजुबहिनीको मिलनको चाड पनि भन्न सकिन्छ । रमाईलो यस चाडको नाराम्रो पक्ष भनेको पटाका हो । कतिपयले तिहार आउनु अगावै पटाका पड्काएर घर छिमेकमा बाधा पूर्याउने पनि गरेका छन् । हामीले आजको भक्सपपमा तिहारका राम्रा र नराम्रा पक्षको बारेमा आम नागरिकको धारणा लिने कोशिस गरेका छौं । कतिपयले यो चाडमा पनि जुवा तास खेल्ने हुनाले त्यसलाई नराम्रा पक्ष भनेका छन् । हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तैः


