Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रविधिले निम्याएको डिजिटल हिंसा : कसरी सतर्क हुने ?

प्रविधिले निम्याएको डिजिटल हिंसा : कसरी सतर्क हुने ?

मंगलबार, मंसिर ९ २०८२
मंगलबार, मंसिर ९ २०८२
  • ‘काठमाडौं : 'लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ आजदेखि सुरु भएको छ । अभियान सुरु भएसँगै यस वर्ष पनि मुलुकभर कार्यक्रमहरूको चहलपहल बढ्दै छ। अभियानको नारा 'प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं' भन्ने रहेको छ । किशोरीहरूको जिन्दगीतिर फर्केर हेर्दा अभियानको नाराभन्दा चुनौतीपूर्ण वास्तविकता देखा पर्छ । नेपालमा किशोरीहरू घर, विद्यालय, बाटो, कार्यस्थलदेखि अहिले प्रविधिको संसारसम्म तेज गतिमा पुगेका छन् भने प्रविधिकै कारण हिंसाको सामना गर्न पनि बाध्य छन्। 

    images


    मोबाइल र इन्टरनेटमा पहुँच बढेसँगै किशोरीहरूतर्फ डिजिटल हिंसा पनि सजिलैसंग तेर्सिएका छन् । धम्कीपूर्ण मेसेज, चरित्र हत्या गर्न फेक खाता, तस्बिर दुरुपयोग, अनलाइन ब्ल्याकमेल जस्ता क्रियाकलापले उनीहरूको मानसिक स्वास्थ्यलाई अत्यधिक प्रभावित पारेको छ। धेरै किशोरीहरूले यस्तो हिंसाबारे परिवारलाई भन्नै सक्दैनन्, किनकि समाजले दोष प्रायः पीडितमै थोपर्छ। धेरैले त आफ्नै साथी वा चिनजानकै व्यक्तिबाट भएको दुर्व्यवहारलाई ‘ठूलो कुरा होइन’ भन्दै दबाएर राख्ने गरेका छन्, जसका कारण अपराधीहरू अझ धेरै निर्भीक बन्दै गएका छन्। 


    यसबिच पनि परिवर्तनका संकेतहरू भने देखिन थालेका छन्। केही किशोरीहरू साहस जुटाएर उजुरी दर्ता गर्न थालेका छन्, समुदायमै समस्या उठाउन थालेका छन्, र विद्यालय तथा स्थानीय निकायले पनि लैंगिक हिंसाबारे खुलेर छलफल गर्न थालिरहेका छन्। उनीहरूको आवाजले समाजलाई रोकिएको ठाउँबाट अगाडि बढ्ने ऊर्जा दिएको छ। 

    यस्ता हिंसा विरुद्ध सायबर ब्यूरोले पनि २४ घण्टा सेवा, डिजिटल निगरानी र फेक प्रोफाइल ट्र्याकिङलाई तीव्र बनाएको छ। प्रविधिकै कारण हिंसा हुने संकेत देखेमा नेपालमा क्रियाशिल साइबर ब्यूरोमा सम्पर्क राख्न सकिन्छ । त्यसका लागि ब्यूरोको सम्पर्क नम्बर - ९७००१७४१४  मा कल गर्ने वा हेल्पलाइन ११४५ को सहायता लिन सकिन्छ ।

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij