Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

खानेपानी उपभोक्ता समितिमा महिला नेतृत्व प्रबर्द्धनमा पुरुषको भुमिका विषयक गोष्ठी शुरू

खानेपानी उपभोक्ता समितिमा महिला नेतृत्व प्रबर्द्धनमा पुरुषको भुमिका विषयक गोष्ठी शुरू

बुधबार, माघ २८ २०८२
बुधबार, माघ २८ २०८२
  • हेटौंडा । खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासनमा महिलाको नेतृत्व प्रवर्द्धनका लागि आयोजित २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ फेडवासनको आयोजनामा शुरु भएको २ दिने गोष्ठीको उद्घाटन सत्रमा खानेपानीको दीगो व्यवस्थापनमा महिलाहरूको भुमिकाबारे छलफल भएको छ । 

    images

    कार्यक्रममा खानेपानीलाई मानवअधिकारको महत्वपूर्ण विषयका रूपमा लिइ यसको दीगो र गुणस्तरीय विकासका लागि पहल गर्नुपर्नेमा जोड दिइयो।

    कार्यक्रमका प्रमुख अतिथि मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष लालित घलेले खोपानी उपभोक्ता समितिहरूले मानवअधिकार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै समितिहरूमा महिलाको नेतृत्व अझ प्रभावकारी हुने र यसले स्थानीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    WhatsApp Image 2026-02-11 at 11.44.18 AM.jpeg

    फेडवासनका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले मानवअधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको खानेपानीको गुणस्तरमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

    WhatsApp Image 2026-02-11 at 11.40.13 AM.jpeg


    त्यसैगरी, राडो नेपालका अध्यक्ष कृष्ण धितालले खानेपानी उपभोक्ता समितिको नेतृत्वमा महिलाहरू बढ्दै जादा दीगो व्यवस्थापन ज्गन प्रभावकारी हुने बताए । उनले यसमा स्थानीय सरकार र सरोकारवालाको भूमिका यस क्षेत्रमा अत्यन्त महत्वपूर्ण हुने बताए।

    कार्यशाला २८–२९ माघ २०८२ मा बागमती प्रदेश, हेटौंडामा आयोजना गरिएको छ।

    WhatsApp Image 2026-02-11 at 11.39.32 AM.jpeg

     

    WhatsApp Image 2026-02-11 at 11.40.13 AM (2).jpeg
    WhatsApp Image 2026-02-11 at 11.39.32 AM (1).jpeg

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij