Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

श्रमिकलाई न्यूनतम पारिश्रमिक र सुविधा उपलब्ध गराउन श्रम मन्त्रालयको निर्देशन

श्रमिकलाई न्यूनतम पारिश्रमिक र सुविधा उपलब्ध गराउन श्रम मन्त्रालयको निर्देशन

सोमबार, चैत २३ २०८२
सोमबार, चैत २३ २०८२
  • काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न संघ-संस्थाहरूमा प्रशिक्षणार्थी (ट्रेनी) का रूपमा कार्यरत श्रमिकहरूलाई प्रचलित कानुन बमोजिमको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले सोमवार (आज) प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीहरूबाट तोकिएको न्यूनतम पारिश्रमिक र अन्य सुविधाहरू नपाएको भनी उजुरी र गुनासोहरू आएको भन्दै यस्तो निर्देशन दिएको हो।

    images

    मन्त्रालयका अनुसार श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) मा कुनै पनि व्यक्तिलाई तालिम वा प्रशिक्षणको रूपमा काममा लगाउँदा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष र बिमा लगायतका सामाजिक सुरक्षाका सुविधाहरूमा कमी नहुने गरी उपलब्ध गराउनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ। तालिमको नाममा काममा लगाइएका व्यक्तिहरूलाई यस्ता आधारभूत सुविधाहरूबाट वञ्चित नगर्न मन्त्रालयले सरोकारवालाहरूलाई सचेत गराएको छ।

    प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने सेवा सुविधाहरूबाट वञ्चित गराएको पाइएमा कानून अनुसार कारबाही हुने कुरामा मन्त्रालयले सचेत गराएको छ। मन्त्रालयले सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरूलाई उक्त कानूनको पालना गर्न अपिल समेत गरेको छ।

    WhatsApp Image 2026-04-06 at 3.13.46 PM (1).jpeg
    मन्त्रालयको प्रेस विज्ञप्ती

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij