Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

गृहमन्त्रीमा सुधन गुरुङ फर्किँदै

गृहमन्त्रीमा सुधन गुरुङ फर्किँदै

मंगलबार, जेठ २६ २०८३
मंगलबार, जेठ २६ २०८३
  •  

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन्। आजै ३ बजे शपथ हुने छ। गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए। उक्त बहसमा सम्पत्तिबारे अध्ययन गर्न समिति गठन गरिएकाे थियाे। समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन्। आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

    images

    छानबिन समितिले २२ जेठमा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको प्रतिवेदनमा सांसद गुरुङको कुनै ठूलो गल्ती–कमजोरी नरहेको औंल्याएको छ। छानबिन समिति स्रोतका अनुसार सुधनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार उनको जग्गा–जमिन छैन। ‘सुधनको नाममा धनकुटा बाहेक अन्यत्र जग्गा भेटिएन। हजुरबुवाको नाममा रहेको सम्पत्तिसमेत उल्लेख गरेको पाइयो स्राेताले बताए।’

    गुरुङले गोरखा, चितवन, धनकुटामा जग्गा रहेको उल्लेख गरेका थिए। मालपोतबाट समेत विवरण मगाएर यसबारे हेरिएको समितिले उल्लेख गरेको छ। जसमा धनकुटाको १९ रोपनी १५ आना जग्गा सुधनको नाममा रहेको छानबिन समितिले उल्लेख गरेको छ। चितवनमा ३० कट्ठा, गोरखाको चुमनुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको गुरुङले उल्लेख गरेका थिए। 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij