Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

मन्त्री चौधरी र दुग्ध व्यवसायीबीच छलफल

मन्त्री चौधरी र दुग्ध व्यवसायीबीच छलफल

बिहीबार , असार ४ २०८३
बिहीबार , असार ४ २०८३
  • काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले निजी क्षेत्रका दुग्ध व्यवसायीहरूसँग दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या, चुनौती तथा सम्भावनाबारे छलफल गरेकी छन्। मन्त्री चौधरीले दुग्ध क्षेत्रका विद्यमान समस्या समाधान तथा यसको दिगो विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएकी छन्।

    images
    156d6ced-d1dc-4c35-bbe5-8fb26413d3d3.jpg

    निजी क्षेत्रका दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा उनले दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या, चुनौती तथा सम्भावनाबारे विचार विमर्श गरेकी हुन्।

    छलफलमा दुग्ध उत्पादन, बजार व्यवस्थापन, किसानको हकहित, मूल्य स्थायित्व तथा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने विषयमा चर्चा भएको थियो।

    d84e95f5-583e-4271-ac7c-1f0a5016feb9.jpg

    सो अवसरमा मन्त्री चौधरीले दुग्ध क्षेत्रलाई आत्मनिर्भर र दिगो बनाउन आवश्यक नीति सुधार तथा सहयोग उपलब्ध गराइने बताइन्। साथै, दुग्ध विकास संस्थान (डीडीसी) मा रहेका समस्या समाधानका लागि आफू लागिपरेको उल्लेख गरिन्।

    दुग्ध व्यवसायीहरूले उत्पादन लागत, बजार पहुँच र भुक्तानी समस्यालगायतका विषय उठाउँदै समाधानका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।

    मन्त्री चौधरीले दुग्ध उद्योगको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत बनाइने जानकारी दिइन्।

    da3cd8c3-a0fe-475e-b5a4-63593b756721.jpg


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij