Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

चिडियाखाना अनिश्चितकालका लागि बन्द

चिडियाखाना अनिश्चितकालका लागि बन्द

शुक्रबार, असार ५ २०८३
शुक्रबार, असार ५ २०८३
  • ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका पशुपन्छीहरूमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

    images

    राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) अन्तर्गत सञ्चालित सदर चिडियाखाना प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशत नभएसम्मका लागि चिडियाखाना पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

    चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार, चिडियाखानाभित्र रहेका पशुपन्छीहरूमा सङ्क्रमण थप फैलन नदिन र मानिसहरूमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्कालका लागि अवलोकन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

    स्वास्थ्य अधिकारीहरूले अवस्थाको मूल्याङ्कन गरी अनुमति नदिएसम्म चिडियाखाना आगन्तुकहरूका लागि बन्द नै रहनेछ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij