Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

रास्वपाको महाधिवेशन विचार संगठन र नीतिगत परिपक्वता विकास गर्ने अवसर:गगन थापा

रास्वपाको महाधिवेशन विचार संगठन र नीतिगत परिपक्वता विकास गर्ने अवसर:गगन थापा

आइतबार, असार ७ २०८३
आइतबार, असार ७ २०८३
  •  

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै गगन थापाले यसलाई पार्टीका लागि विचार संगठन र नीतिगत दृष्टिले परिपक्व जिम्मेवार र दूरदर्शी दृष्टिकोण विकास गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

    नेपाली कांग्रेसका सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै लेखेका छन्,

    “यो महाधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टीका लागि विचार संगठन र नीतिका दृष्टिले अझ परिपक्व तथा दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।”

    उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै देशको समग्र राजनीतिक प्रणालीलाई मजबुत बनाउन सबै राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख पनि गरेका छन्।

    थापाको भनाइमा महाधिवेशनजस्ता अभ्यासहरूले राजनीतिक दललाई नीतिगत स्पष्टता संगठनात्मक सुदृढता र जिम्मेवार नेतृत्व विकासतर्फ अघि बढ्न सहयोग पुर्‍याउँछन्।

    चितवनमा सुरु भएको रास्वपाको महाधिवेशनबाट पार्टीको भावी दिशा संगठन संरचना र नीतिगत प्राथमिकता तय हुने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij