काठमाडौं । फलफूल तथा तरकारीमा विषादीको अत्यधिक प्रयोग तथा आँपमा कार्बाइड प्रयोग गरिएको भन्ने सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्राप्त उजुरीहरू सम्बोधन गर्ने क्रममा विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले विभिन्न सरोकारवाला निकायहरूसँग संयुक्त रूपमा अनुगमन निरीक्षण गरेको छ ।
संयुक्त अनुगमन टोलीले विभिन्न मितिहरूमा तरकारी तथा फलफूल बिक्री वितरण हुने स्थानहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरीत पाइएको अवस्थामा आवश्यक कारबाही गर्नुका साथै केही खाद्य पदार्थहरू रोक्का गरिएको जानकारी दिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्ता अनुगमन तथा कारबाही कार्यलाई निरन्तरता दिइने विभागले जनाएको छ।
साथै आम उपभोक्तालाई सुरक्षित स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थको उपभोग गर्न अनुरोध गर्दै खाद्य सुरक्षासम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह समेत गरिएको छ।


