काठमाडौँ। जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार श्रेष्ठलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको जनाइएको छ ।
श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय अपराधसम्बन्धी जाहेरी दर्ता भएको बताइएको छ।
सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
यद्यपि उनीविरुद्ध परेको जाहेरीको विस्तृत विषयवस्तु तथा घटनासम्बन्धी थप विवरण भने सार्वजनिक भइसकेको छैन।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादकका रूपमा कार्यरत छन्।
उनको पक्राउसँगै पत्रकारिता क्षेत्र तथा सामाजिक सञ्जालमा समेत यस विषयमा चासो बढेको छ।


