Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

तीन वर्षीया बालिका मृत भेटिएपछि महिला सुरक्षा समूहको कडा आपत्ति

तीन वर्षीया बालिका मृत भेटिएपछि महिला सुरक्षा समूहको कडा आपत्ति

बिहीबार , भदौ ४ २०८३
बिहीबार , भदौ ४ २०८३
  • काठमाडौं । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा फेला परेको घटनाप्रति महिला सुरक्षा दबाब समूहले गम्भीर आपत्ति जनाएको छ।

    images

    बालिकामाथि बलात्कार भएको हुनसक्ने आशंका सार्वजनिक भइरहेकाले घटनाको निष्पक्ष स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न समूहले माग गरेको छ।

    घटनास्थलका भौतिक तथा फरेन्सिक प्रमाण सुरक्षित राख्दै अनुसन्धानलाई कुनै पनि दबाब वा प्रभावबाट मुक्त राख्नसमेत समूहले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

    दोषी जोसुकै भए पनि पहुँच प्रभाव वा सामाजिक हैसियतका आधारमा उन्मुक्ति दिन नहुने भन्दै समूहले दोषी प्रमाणित हुने व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ।

    साथै, पीडित परिवारलाई न्याय कानुनी तथा मनोसामाजिक सहयोग र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी बाल संरक्षण संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij