Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

होस्टेल व्यवसायलाई उद्योगकै रूपमा स्थापित गर्न सहकार्य आवश्यक

होस्टेल व्यवसायलाई उद्योगकै रूपमा स्थापित गर्न सहकार्य आवश्यक

सोमबार, भदौ ८ २०८३
सोमबार, भदौ ८ २०८३
  • काठमाडौं । होस्टेल व्यवसायलाई व्यवस्थित मर्यादित र दिगो बनाउन नीतिगत सहजीकरणसँगै संस्थागत प्रतिनिधित्व र व्यवसाय व्यवस्थापनसम्बन्धी सीप विकास आवश्यक रहेको कार्यक्रमकी प्रमुख अतिथि सुनिता न्हेम्हाफुकीले बताइन्।

    images
    IMG-20260824-WA0152(1).jpg

    होस्टेल एसोसिएसनको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी न्हेम्हाफुकीसमक्ष व्यवसायीहरूले होस्टेल सञ्चालनका क्रममा भोग्दै आएका विभिन्न समस्या तथा चुनौतीबारे जानकारी गराएका थिए। 

    IMG-20260824-WA0148.jpg

    व्यवसाय दर्ताका लागि आवश्यक शुल्क तथा प्रक्रिया पूरा गरेपछि पनि अनुगमनका क्रममा नयाँ नयाँ समस्या देखिने गरेको व्यवसायीहरूको गुनासो थियो।

    काठमाडौंमा मात्रै करिब २ हजार होस्टेल सञ्चालनमा रहेको अवस्थामा पनि यस क्षेत्रका व्यवसायीहरूले आफ्ना समस्या र आवाज राख्ने उचित सरकारी निकाय अझै स्पष्ट रूपमा पहिचान गर्न नसकेको विषय गम्भीर रहेको न्हेम्हाफुकीले बताइन्।

    IMG-20260824-WA0150.jpg

    विशेषगरी महिला उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको होस्टेल व्यवसायलाई व्यवस्थित सुरक्षित मर्यादित र दिगो बनाउन वित्तीय साक्षरता व्यवसाय व्यवस्थापन सीप नीतिगत सहजीकरण र संस्थागत प्रतिनिधित्व आवश्यक रहेको उनले बताइन्।

    नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को माध्यमबाट होस्टेल व्यवसायीहरूको आवाज सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसम्म पुर्‍याउँदै व्यवसाय दर्ता नियमन वित्तीय पहुँच व्यवसाय सञ्चालनसम्बन्धी सीप र बजारसँगको पहुँच लगायतका विषयमा सहजीकरण गर्न सकिने उनले बताइन्।

    होस्टेल केवल बस्ने ठाउँ मात्र नभई रोजगारी सिर्जना महिला उद्यमशीलता प्रवर्द्धन तथा सेवा क्षेत्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै न्हेम्हाफुकीले यस क्षेत्रलाई व्यवस्थित र व्यवसायमैत्री बनाउन सरकार निजी क्षेत्र व्यवसायी तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन्।

    होस्टेल व्यवसायको संस्थागत विकाससँगै व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिइन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij