Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

खाद्य उद्योगमा अनुगमन पछि सुधारको निर्देशन

खाद्य उद्योगमा अनुगमन पछि सुधारको निर्देशन

बुधबार, भदौ १० २०८३
बुधबार, भदौ १० २०८३
  •  काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका विभिन्न डेरी, भान्छा तथा खाद्य उद्योगमा अनुगमन गरी खाद्य स्वच्छता सुधार गर्न निर्देशन दिएको छ।

    images

    विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३ भदौ १० गते जारी गरेको विवरणअनुसार भदौ ८ गते गरिएको अनुगमनका क्रममा अधिकांश उद्योगमा सरसफाइ, कीट नियन्त्रण र खाद्य पदार्थको भण्डारणमा सुधार आवश्यक देखिएको हो।

    भक्तपुर–२ स्थित इन्द्रायणी डेरी प्रालि. मा कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, सरसफाइ सामान्य रहेको, कीट नियन्त्रणको व्यवस्था नभएको तथा प्रयोगशाला अव्यवस्थित रहेको पाइएको छ। विभागले नियमित सरसफाइ, प्रभावकारी कीट नियन्त्रण र प्रयोगशाला व्यवस्थित गर्न निर्देशन दिँदै थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरेको छ।

    सोही क्षेत्रको जगदम्बा डेरी फुड एन्ड बेभरेज प्रालि. मा सरसफाइ सामान्य रहे पनि कर्मचारीको व्यक्तिगत सरसफाइ तथा भण्डारण र प्रशोधन कक्ष व्यवस्थित रहेको पाइएको छ। विभागले सरसफाइ नियमित गर्न निर्देशन दिँदै दूधको नमुना परीक्षणका लागि संकलन गरेको जनाएको छ।

    सिभिल अस्पतालमा सञ्चालित मध्यपुर भान्छा सेवा मा खानामा किरा भेटिएको गुनासोपछि काठमाडौँ महानगरपालिकासहितको टोलीले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा भान्साको ढोका र फोहोरदानी खुला रहेको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको तथा कीट नियन्त्रणको व्यवस्था नरहेको पाइयो। विभागले नियमित सरसफाइ, भान्साको ढोका मर्मत, ढक्कनसहितको फोहोरदानी प्रयोग, खाद्य पदार्थ लेबल लगाएर छोपेर भण्डारण तथा प्रभावकारी कीट नियन्त्रण गर्न निर्देशन दिएको छ। तारिएको तेलको TPM ११ प्रतिशत रहेको पाइएको छ।

    त्यस्तै, मध्यपुर थिमी–१ स्थित श्रीराम एन्ड गोविन्द बाबा एग्रो इन्डस्ट्रिज मा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको तथा बिक्रीका लागि राखिएका दाल, चामल, तेल र मस्यौरालगायत खाद्य पदार्थका केही बोरा टुटफुट अवस्थामा रहेको पाइएको छ। विभागले सरसफाइ, कीट नियन्त्रण र खाद्य पदार्थको उचित भण्डारण सुधार्न निर्देशन दिएको छ।

    के.एल. दुगड ग्रुप (सौरभ फूड प्रोडक्टस् प्रालि.) मा पनि सरसफाइ र कीट नियन्त्रण प्रभावकारी नरहेको तथा खाद्य पदार्थ प्यालेटमा उचित उचाइ र भित्ताबाट आवश्यक दूरी कायम नगरी भण्डारण गरिएको भेटिएको छ। विभागले खाद्य स्वच्छता कायम गर्दै कीट नियन्त्रण र भण्डारण व्यवस्थापन सुधार्न निर्देशन दिएको छ।

    विभागले उक्त अनुगमन तथा निर्देशन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको जनाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij