काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बाढी प्रभावित नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहले विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत तथा उद्धारका काम, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार तत्काल सञ्चालन गर्ने विषयमा छलफल गर्नेछन्।
बाढीबाट प्रभावित नागरिकको अवस्था, क्षतिको विवरण तथा तत्काल आवश्यक पर्ने राहत र पुनर्स्थापनाका उपायबारे स्थलगत जानकारी लिएर आवश्यक निर्देशन दिने तयारी रहेको जनाइएको छ।


