Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

विनाशकारी बाढीपछि चीनमा बन्यो ठूलो ताल, थप जोखिम कायमै

विनाशकारी बाढीपछि चीनमा बन्यो ठूलो ताल, थप जोखिम कायमै

बिहीबार , भदौ ११ २०८३
बिहीबार , भदौ ११ २०८३
  • काठमाडौं । चीनको तिब्बत क्षेत्रमा नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल नजिकै ठूलो ताल बनेको छ।

    images

    चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। पानी तालको क्षमताभन्दा बाहिर निस्केर बग्न थालेको हुनसक्ने अनुमान गरिएको छ।

    चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अपेक्षा गरिएको छ। यसले ताल फुट्ने जोखिम बढाएको छ।

    चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले बिहीबार उक्त ताल फुट्ने जोखिम उच्च रहेको जनाएको छ।

    चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुट्ने अवस्था र त्यसबाट आउन सक्ने बाढीको प्रभाव आकलन गर्न बाढीको सिमुलेशन तथा विश्लेषणसमेत भइरहेको जनाइएको छ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै आपत्कालीन उद्धार तथा राहत कार्यका लागि आवश्यक तयारी भइरहेको चिनियाँ पक्षले जनाएको छ।

    नेपालसँग जोडिएको क्षेत्रमा ताल बनेपछि त्यसबाट हुनसक्ने सम्भावित प्रभावबारे भने सम्बन्धित नेपाली निकायबाट थप विवरण आउन बाँकी छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij