Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

चीनतर्फको ड्याम फुट्यो

चीनतर्फको ड्याम फुट्यो

भोटेकोशी–त्रिशूलीमा आकस्मिक बाढीको जोखिम

शुक्रबार, भदौ १२ २०८३
शुक्रबार, भदौ १२ २०८३
  • रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्रमा पहिरोका कारण बनेको कृत्रिम तालको बाँध (ड्याम) पुनः फुटेपछि भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ।

    images

    चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेपछि पानीको ठूलो बहाव तल्लो क्षेत्रमा बग्न थालेको जानकारी आएको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका बस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

    नेपाल प्रहरीले आपतकालीन सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थान तत्काल छाड्न अनुरोध गरेको छ।

    रसुवामा उद्धार तथा राहतका लागि परिचालित सुरक्षाकर्मी र अन्य टोलीलाई समेत तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ। रसुवाको वस्तुस्थिति नियन्त्रण तथा समन्वयका लागि खटिएका एसएसपी दीप शमशेर जबराले ड्याम फुटेको सूचना प्राप्त भएपछि उद्धार तथा राहतमा खटिएका टोलीलाई समेत काम रोकेर सुरक्षित स्थानमा जान भनिएको जानकारी दिए।

    बुधबार आएको भीषण पहिरोपछि उक्त क्षेत्रमा पानी थुनिएर कृत्रिम ताल बनेको थियो। पानीको सतह बढ्दै ओभरफ्लो भएको अवस्थामा ड्याम पुनः फुटेपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेको प्रहरीले जनाएको छ।

     
     
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij