Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ : प्रधानमन्त्री शाह

पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ : प्रधानमन्त्री शाह

आइतबार, भदौ २१ २०८३
आइतबार, भदौ २१ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।
    प्रधानमन्त्री शाहले एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकहरूको आक्रोश केवल आक्रोश नभई उनीहरूले भोगिरहेको गहिरो पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्।
    उनले यस्तो संवेदनशील अवस्थामा पीडित नागरिकहरूको भावनालाई संयमतापूर्वक सुन्न र बुझ्नुपर्नेमा जोड दिएका छन्। दुःख र पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने तथा उनीहरूको पीडालाई थप बढाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।
    ‘यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्,’ प्रधानमन्त्री शाहले भनेका छन्।
    उनले पीडितमाथि थप पीडा सिर्जना गर्नेहरूविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij