Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

खानेपानीको व्यवस्था नहुदा नदी तथा खोलाको धमिलो पानी खान बाध्य

खानेपानीको व्यवस्था नहुदा नदी तथा खोलाको धमिलो पानी खान बाध्य

भक्स पप नेपाल
मंगलबार, माघ १५ २०८१
भक्स पप नेपाल
मंगलबार, माघ १५ २०८१
  • काठमाडौं कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीका मानिस नदी तथा खोलाको धमिलो पानी खान बाध्य छन् । ती बस्तीका बासिन्दाका लागि खानेपानीको व्यवस्था हुन नसकेपछि खोलाकै धमिलो पानी प्रयोग गरिरहेका छन् । 

    images

    कर्णाली कोरिडोरको छेउको ताँजाकोट गाउँपालिका–५ को पैमाका बासिन्दा कलबहादुर थापाले बर्षौदेखि खोलाको धमिलो पानी खानुपर्ने बाध्यता रहेको बताए । पैमामा १२ घरधुरीका स्थानीयले होटेल तथा पसल गरिरहेका छन् । उनले सरोकारवाला निकायसँग पटक पटक खानेपानीको व्यवस्थाका लागि माग गर्दा सुनुवाइ हुन नसकेपछि धमिलै पानी खानु परेको उल्लेख गरे । हिउँदेयाममा कम धमिलो भए पनि बर्खायाममा भने लेदो मिसिएको पानी कपडामा छानेर खानु परेको छ । नयाँ खानेपानीको व्यवस्था नहुँदासम्म कर्णाली नदी र खोलाकै पानी प्रयोग गर्नुको विकल्प नभएको उनको भनाइ छ । 

    सर्केगाड गाउँपालिका–१ को बालुकुनाका स्थानीय पदम मल्लले आफू बालुकुनामा होटेल व्यवसाय गरेदेखि कर्णाली नदीको पानी प्रयोग गरिरहेको बताए । यता चङ्खेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लामा होटेल व्यवसाय गर्दै आएकी मैया बुढाले पाँच वर्षदेखि  कर्णालीको पानी प्रयोग गर्दै आएको बताईन । यसअघि सलीसल्लामा डेढ सयले व्यवसाय गर्दै आएकामा हाल १० जनाले मात्रै गरिरहेका छन् ।    

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij