काठमाडौं । हरेक वर्ष नेपालमा मनसुनको आगमनसंगैं नदी तथा खोलामा आउने बाढी र डुबानको घटनाले राज्यको पूर्वतयारीमा प्रश्न उठ्दै आएको छ भने सरकारी विपद् सञ्चार प्रणालीको कमजोरी उजागर गरेको छ।
प्रभावित समुदायले समयमै सूचना नपाएको, उद्धार ढिलो भएको र समन्वय अभावका कारण जनधनको क्षति भएको बताउँदै आएका छन्। अबका दिनमा यस्ता विपद् न्यून गर्न “आपतकालीन कोष ” को आवश्यकता अपरिहार्य रहेको विपद् व्यवस्थापन विज्ञ डा. प्रेम प्रसाद पौडेलले बताएका छन्।
बर्षाको नामैले थरथराउँछ सुकुम्बासी बस्ती
भक्सपप नेपालको प्रस्तुती कार्यक्रम 'अधिकार (संगैं कर्तव्य)' को आजको अंकमा बोल्दै उनले विपदलाई प्रतिक्रियाको शैलीमा व्यवस्थापन गरेर जनधनको क्षति न्यूनीकरण नहुने बताए । उनका अनुसार हाम्रो जस्तो मुुलुकले क्षति व्यहोर्नु भन्दा पूर्वतयारीमा जोड दिनुपर्ने आवश्यकता औल्याएका छन् । उपत्यकाका खोला किनारमा आउने विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा केन्द्रित कार्यक्रम 'अधिकार'को दोश्रो अंक हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ।


