काठमाडौं । नुवाकोट ककनी ३ का २५ वर्षे अशोक ढुंगाना यतिबेला दोधारमा छन् । काम खोजेर यहीँ रोजगार बन्ने अथवा विदेश जाने भन्नेमा उनी निर्णय गरिहाल्ने अवस्थामा बिल्कुलै छैनन् ।
आफू हुर्केको गाउँ ठाउँमै बसेर त्यहाँको विकासमा सहयोग गर्नुपर्ने भर्खरैका युवा शक्तिहरु ककनीबाट पलायन हुन थालेपछि उनलाई पनि आफ्नो भविष्यको चिन्ता बढेको छ । ककनीमा लामो समयदेखि राजधानीको फोहर फाल्दै आएकाले त्यहाँ दीर्घकालीन समस्याहरु झन् झन् बढ्दै गएका छन् । रोजगारीको कमी, स्वास्थ्य समस्या, सामाजिक बहिष्कारका कारण युवाहरुमा देशप्रति नै वितृष्णाको विकास भइरहेको अशोक बताउँछन् ।
अशोक भन्छन्, 'हामीले रोजगारी नै खोजेका छौं, तर देशको अवस्थाले गर्दा राजनीतिक वितृष्णा छ।' नेपालका युवाहरूको ठूलो हिस्सा रोजगारीको अभावमा विदेश पलायन भइरहेका छन्।
ल्याण्डफिल साइट बन्यो ककनीबासीलाई अभिशाप
अशोकका अनुसार, युवालाई बोल्न नपाउने अवस्था छ नेपालमा। नेपालको राजनीतिक अस्थिरता र असफल शासन प्रणालीले युवाहरूलाई निराश बनाएको छ। अशोक भन्छन्, 'ककनीमा त राणा शासन नै लगाए नी राज्यले। युवाहरूको आवाजलाई दबाउनका लागि सरकारले विभिन्न उपायहरू अपनाएको छ। यसका कारण, युवाहरूको सक्रियता र नेतृत्वको अभाव भएको छ। हाम्रो ककनीलाई त सामाजिक रुपमा बहिष्कार नै गरेको छ । यसका कारण, युवाहरूको विवाहमा पनि समस्याहरू उत्पन्न भएका छन्। '
सामाजिक बहिष्कारले युवाहरूको मानसिक स्वास्थ्यमा समेत नकरात्मक प्रभाव पर्दै गइरहेको छ । अशोक भन्छन्, 'काठमाडौंलाई सफा गर्ने नाममा निरंकुश तरिकाले फोहर ल्याउने गरेको छ। यसले ककनीको पर्यावरणीय सन्तुलनमा असर पु¥याएको छ। '
अशोक माग छ, यहीँ रोजगारीको अवस्थाहरु सिर्जना गर्नुप¥यो। मल तथा बिउविजन सहज गर्नुप¥यो। नत्र भने हाम्रो विस्थापन पक्का छ। नेपालका युवाहरूको ठूलो हिस्सा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्। यसका कारण, नेपालको श्रमिक बजारमा कमी आएको छ र आर्थिक वृद्धिमा असर परेको छ।


