Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

दिवम मरासिनी

प्रकृतिसंग निरन्तर संघर्षरत १० वर्षे बालक

प्रकृतिसंग निरन्तर संघर्षरत १० वर्षे बालक

शुक्रबार, जेठ २३ २०८२
शुक्रबार, जेठ २३ २०८२

  • काठमाडौं । दिलीप र सगुन मरासिनीका एक्लो छोरा हुन्, १० वर्षीय दिवम मरासिनी ।

    images

    दिवमको केहीदिन अघि मात्रै अनुहारमा पलाएका मासु झिकेर फालिएका छन् । ८ महिनाको हुँदा देखि नै अनुहारका छाला फुटेर काला छिर्कै छिर्का देखिएको थियो । जचाउन जाँदा उनलाई जेरो डर्मा पिग्मेन्टोसा रोग देखियो । राम्ररी हात खुट्टा समेत नलागेका छोरामा यो रोगका कारण क्यान्सरसम्म हुन सक्ने जोखिम देखेपछि मरासिनी दम्पतीको मनमा खतराको घण्टी बजिसकेको थियो ।  

    दिवमको छालाले परावैजनी विकिरण अर्थात घामको कुनै पनि किरणलाई सहनै नसक्ने थाहा पाएका मरासिनी दम्पतीले उनको हेरचाहकै लागि दोस्रो सन्तानको रहर समेत गर्न सकेनन्। 


    काठमाडौंस्थित शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीसंग नियमित स्वास्थ्य जाँच गराइरहेका दिवममा परावैजनी किरणलाई निर्मूल गर्ने रसायन छालामा कमी भएकै कारण यस्तो समस्या देखिएको हो। डा पराजुलीले दिवमको उपचारमा भन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताए । दिवमलाई दिनको घामबाट जोगाउनु नै अहिलेको आवश्यकता भएको उनले सुझाउँछन् ।


    लाखौ प्रयासपछि पनि दिवमको छालामा घामको किरण प¥यो, जसका कारण उनमा भयानक क्यान्सर देखा नै परिसकेको छ । बुबा दिलीप भन्छन्, 'दिवमको छालामा बेला बेला गिर्खाहरू देखिने र बढ्ने हुन्छन् । तिनै गिर्खा  बढ्दा हुने क्यान्सरको खतरा घटाउन अहिलेसम्म ६, ७ पटक शल्यक्रिया गरिएका छन् ।'  

    तर जतिनै पटक गिर्खा काटेर फालेपनि फेरि नयाँ स्थानमा त्यस्तै प्रकृतिका समस्या दोहोरिँदा मरासिनी दम्पतीमा थप चिन्ता बढेको छ । चिन्ता रोगको मात्रै होइन, विद्यालय गएर पढ्न नसक्नु, दिनमा बाहिर निस्कनै नसक्नु र सार्वजनिक स्थानमा घुलमिल हुनबाट बञ्चित हुँदा मरासिनी दम्पतीको आँखा यत्तिकै रसाउँछन् ।  

    सानै उमेरमा जन्मेदेखि जीवन जिउनका लागि हजारौ उतार चढावलाई दिवमले सहजै स्विकारिसकेका छन् । अरुभन्दा छुट्टै भएको बुझाई दिवमले पाइसकेका छन् ।

    दिवमलाई यतिबेला सक्दो उपचार, हेरचाह र माया चाहिएको छ, अनि मरासिनी दम्पतीलाई थोरै हौसला । संघर्ष अनि सिमित संसारमा हुकिँदै गएका दिवमलाई रोगविरुद्ध लड्ने आत्मविश्वास प्राप्त भइराखुन् । हाम्रो शुभकामना ।  

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij