Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

के खुल्ला त रहस्य?

के खुल्ला त रहस्य?

बिहीबार , जेठ २८ २०८३
बिहीबार , जेठ २८ २०८३
  • काठमाडौं। गृहमन्त्री सुधन गुरुङले नेपाली इतिहासकै सबैभन्दा संवेदनशील र रहस्यमय मानिएको 'नारायणहिटी दरबार हत्याकाण्ड' को फाइल पुनः खोलेर थप अनुसन्धान गर्ने ऐतिहासिक निर्णय गरेका छन्। वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो कालरात्रि, जसले तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण वंशकै विनाश गरेको थियो, त्यसको सत्यतथ्य खोतल्न गृह मन्त्रालयले नयाँ कदम चालेको हो। दोस्रो पटक पदभार ग्रहण गरेकै दिन गृहमन्त्री गुरुङले देशकै सबैभन्दा ठुलो अनिर्णीत मुद्दामा हस्ताक्षर गरेपछि राजनीतिक र सामाजिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

    images

    घटनाको पृष्ठभूमि नियाल्दा, तत्कालीन युवराज दीपेन्द्रको विवाहको विषय नै यस घटनाको मुख्य कारण बनेको ऐतिहासिक दस्तावेजहरूले देखाउँछन्। दीपेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाकी सुपुत्री देवयानी राणासँग विवाह गर्न चाहेका थिए। तर, मुमाबडामहारानी र रानी ऐश्वर्य लगायत राजपरिवारका वरिष्ठ सदस्यहरू यो सम्बन्धको कडा विरोधी थिए। विवाहकै विषयलाई लिएर दरबारभित्र लामो समयदेखि समस्या चुलिँदै गएको थियो, जसले युवराज दीपेन्द्रलाई गम्भीर तनावमा धकेलेको बताइन्छ।

    वि.सं. २०५८ जेठ १९ गते शुक्रबार राति, नारायणहिटी दरबारको त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरूको नियमित पारिवारिक जमघट भइरहेको थियो। सो भोजको आयोजना स्वयं युवराज दीपेन्द्रले गरेका थिए।

    याे पनि हेर्नुहाेस्।

    घटनापछि देशव्यापी रूपमा जनआक्रोश बढेपछि तत्कालीन राजा ज्ञानेन्द्रले सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरे। उक्त समितिले हप्ता दिनको अध्ययनपछि 'युवराज दीपेन्द्रले नै प्रेमको तनाव र नसाको झोकमा सबैको हत्या गरी आत्महत्या गरेको' प्रतिवेदन सार्वजनिक गरियाे।

    अहिले २५ वर्षपछि तिनै अनुत्तरित प्रश्नहरूको वैज्ञानिक र कानुनी जवाफ खोज्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई परिचालन गर्ने निर्णय गरेका छन्। यो निर्णयको धेरैले स्वागत गरे पनि कानुनी र व्यावहारिक चुनौतीहरू धेरै छन्।

    चर्चामा आएको यो दरवार हत्याकाण्ड छानबिन होला ?

    अधिकांश नागरिकले गृहमन्त्रीको यो प्रयासलाई राम्रो मानेका छन्। तर गुरुङले भनेअनुसारको काम भने उनीहरुले खोजेका छन्। यसअघिका नेतृत्वले गरेका निर्णय कार्यान्वयनमा नजाँदा उनीहरू निराशमा छन्। अहिलेको सरकारले यसलाई नागरिक माझ प्रष्ट पार्न आवश्यक रहेको उनीहरूको भनाइ छ।  कतिपयले भने उनको क्षमतामा प्रश्न उठाएका छन्। कार्यशैलीलाई लिएर प्रश्न पनि गरेका छन्।

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij