Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री चौधरी

आइतबार, भदौ ७ २०८३
आइतबार, भदौ ७ २०८३
  • काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

    images

    थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन्।

    थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन्।

    उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको स्पष्ट पारिन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij