Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

भोटेकोशी बाढीपछि उद्धारमा तीव्रता, १७ हेलिकोप्टर तयारी अवस्थामा

भोटेकोशी बाढीपछि उद्धारमा तीव्रता, १७ हेलिकोप्टर तयारी अवस्थामा

बिहीबार , भदौ ११ २०८३
बिहीबार , भदौ ११ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानलाई तीव्र बनाइएको छ। 

    images

    उद्धार कार्यका लागि काठमाडौंमा मात्रै १७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्।

    विमानस्थल स्रोतका अनुसार रसुवा र नुवाकोटमा थप तीनवटा हेलिकोप्टर यसअघि नै परिचालन गरिएका छन्। काठमाडौं विमानस्थलबाट पनि आज दुईवटा हेलिकोप्टर उद्धारका लागि रसुवातर्फ पठाइएको छ।

    उद्धार अभियानमा इन्धन अभाव नहोस् भनेर नेपाल आयल निगमले आवश्यक हवाई इन्धनको व्यवस्थापन गरेको छ। निगमले हिजो साँझ एक ट्यांकर हवाई इन्धन त्रिशूली पठाइसकेको छ। रसुवामा उद्धार तथा होभरिङ सकेपछि हेलिकोप्टरहरू इन्धन भर्न नुवाकोट फर्किनेछन्।

    बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै घटनाको कानुनी प्रक्रिया अघि बढाउन नेपाल प्रहरीले पनि विशेष टोली परिचालन गर्दैछ। स्थलगत मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एसएसपीको नेतृत्वमा प्रहरी टोली रसुवा पठाउने तयारी गरिएको छ।

    काठमाडौंमा उद्धार उडानको समग्र समन्वय गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा भइरहेको छ। उद्धारका लागि सञ्चालन हुने चार्टर उडानको व्यवस्थापन तथा खर्चको भुक्तानी गृह मन्त्रालयले नै गर्नेछ।

    उता प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत काठमाडौं विमानस्थलबाट व्यवस्थित गर्न थालिएको छ। विमानस्थलको हेलिप्याड, फायर स्टेसनलगायत तीन स्थानमा राहत सामग्री भण्डारण गरिएको छ।

    विमानस्थलमा तैनाथ बाहिनीले राहत सामग्री संकलन तथा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्दै सरकारी संयन्त्रले आवश्यक जनशक्ति, हेलिकोप्टर र सामग्री परिचालन गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij