Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

फोहरभित्र राजनीति

'न्याय खोज्दै राजधानी नजिकैको जिल्ला'

'न्याय खोज्दै राजधानी नजिकैको जिल्ला'

सोमबार, जेठ १२ २०८२
सोमबार, जेठ १२ २०८२

  • काठमाडौं । 'ककनीमा फोहोर पठाउन भएन् । हामी मर्ने हो र ? झिंगा यत्रतत्र हुन्छ, हरियो झिंगाले बारीको तरकारी त बिग्रिन्छ नै गाइवस्तुमा समेत रोग लागिसक्यो । हामीमाथि दमन भएको छ। हामीसङ्ग अब पिडाबाहेक केही बाँकी छैन । '
    यो आवाज हो काठमाडौंको चिल्ला सडक र गाडी हेर्दै, आफ्नै सपना गुमाएका नुवाकोटका ककनीबासीको । 

    images

    देशको राजधानी काठमाडौं सफा राख्नुपर्ने हामी सबैको आवश्यकता हो । यही सत्यसँगै एउटा प्रश्न छ ? के आफ्नो आँगन सफा राख्नको लागि छिमेकीको आँगन फोहर गर्नुपर्ने हो ?
     
    पक्कै पनि होइन । तर यहाँ यस्तै भएको छ । काठमाडौ उपत्यकामा उत्पादन भएको फोहर  छिमेकी जिल्ला नुवाकोट र धादिङ्को सीमामा पर्ने बन्चरेडाँडामा जान्छ । जहाँ राज्यको ठूलो लगानीमा बनेको स्यानिटरी ल्याण्डफील साइट छ । शब्द उच्चारण गर्दा त्यो ल्याण्ड्फिल साइट हो । जहाँ राज्यले झण्डै २ अर्ब रूपैयाँ लगानी गरिसकेको छ । तर यथार्थमा बन्चरेडाडा डम्पिङ साइट हो । 

    जिटिएपछि खेतीबाटै महिनामा एक लाख कमाइ जिटिएपछि खेतीबाटै महिनामा एक लाख कमाइ

    जहाँ  राजधानीबाट दैनिक १५ सय टन भन्दा बढी फोहर जान्छ अनि रोग र पीडा पनि संगै जान्छन्। संविधानले ‘स्वस्थ वातावरणमा बाँच्न पाउने हक’ सुनिश्चित गरेको छ ।  बन्चरेडाँडा वरिपरिका धुनीबेंसी र ककनीका बासिन्दाका लागि त्यो हक दुर्गन्धित हावा र विषाक्त पानीसँगै गुमेको छ ।


    फोहरकै कारण त्यहाँका बालबालिका दिनहुँ विद्यालय जान सक्दैनन् । राती सुत्न सक्दैनन् । वृद्ध बृद्धा र वयस्कहरूमा तनाव र मानसिक समस्या बढिरहेको छ । क्यान्सर र स्वासप्रस्वासको समस्याले गाउँ नै ग्रसित छन् । 


    झिँगा, लिचेट, दुर्गन्ध र गिद्धले भरिएका बञ्चरेडाँडा वरिपरी धादिङ र नुवाकोटाका बस्तीहरुमा मानवअधिकार र सामाजिक न्याय कहि कतै पनि छैन भन्दा फरक पर्दैन । त्यसैले त उनिहरु आजित छन् कि मानवअधिकाकर्मी र पत्रकारहरु आउँदा पनि रिसाउँछन् । बाहिरी रुपमा रिस देखिएपनि यो ककनीबासीको उदासीनता र निराशा मात्रै हो भन्दा फरक नपर्ला ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij