Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

फोहरभित्र राजनीति

जिटिएपछि खेतीबाटै महिनामा एक लाख कमाइ

जिटिएपछि खेतीबाटै महिनामा एक लाख कमाइ

आइतबार, जेठ ११ २०८२
आइतबार, जेठ ११ २०८२

  • काठमाडौं । २५ वर्षीय युवा शिवराम बलामीको काँधमा सम्पूर्ण परिवारको आर्थिक र व्यवहारिक कार्यभार छ । केही समयअघि मात्रै कृषिमा जिटिए गरेका शिवरामलाई घर परिवार मात्रै होइन, आफ्नै सहोदरहरुबाट केही गर्न र केही देखाउन मनोसामाजिक दबाब परेको महसुस उनी गर्छन् । 

    images


    उनको जन्मस्थान नुवाकोटको ककनी गाविस वडा नं १ हो । कृषिमा पढाइ सकिएपछि उनले विदेश जाने भन्ने कुरा आफ्नो मनमस्तिष्कमा कहिल्यै ल्याएनन् । उनलाई सँधै लाग्यो, 'आफ्नै देशमा आफ्नै भूमिमा केही गर्नुपर्छ ।' यही सोचमा हुर्किँदै गरेका शिवरामलाई अन्ततः थोरै लगानीमा त्यहीँको आठ रोपनी खाली तर उब्जाउ जग्गा भाडामा लिने कुरा आयो । लगानी थोरै भएपनि आफ्नो मेहेनतले माटोमा लगाएको पैसा फिर्ता मात्रै ल्याउने होइन, यसैमा भविष्य कोर्ने सपना शिवरामले देखे 

    'छोराले आफ्नै बुबाको श्राद्ध गर्दैनन्' 'छोराले आफ्नै बुबाको श्राद्ध गर्दैनन्'

    त्यही अनुरुप उनले लोकल र हाइब्रीड, काँक्रो, नगदे बालीअन्तर्गत धानखेती, गोलभेडा खेती गर्न सुरु गरे । उनी भन्छन्,  'मैले यहाँ लगभग ८ रोपनीमा खेती गरिरहेको छु । वर्षको ५० हजार तिरेर मैले यो जग्गा पाँच वर्षको लागि भाडामा लिएको छु । सडक नजिकै भएर ढुवानी खर्च कम लाग्ने हिसाब गरेरै मैले यति महंगो तिरेर जग्गा भाडामा लिएको हुँ । एक्लैले नै खेती गर्दैछु ।'

     
    उनलाई यो खेतीपातीमा आफ्नै परिवारले सघाउँछन् । केही समय अघि मात्रै बिहे गरेका उनले आफ्नो श्रीमतीको साथ पनि पाएका छन् । त्यसैले त हौसला बढेको छ, माटोमा पसिना चुहाएर कर्म गर्नका लागि ।

     
    उनका अनुसार लोकल काँक्रो त्यहाँ निकै महंगोमा विक्छ । उनीसंग भक्तपुरको लोकल जातको काँक्रो र हाइब्रीड दुईवटै छन् । लोकल र हाइब्रीड काँक्रोको मूल्य नै फुरक छ । लोकल काँक्रो अलि महंगो पर्छ । हाम्रो बजार त यहीँ नै भयो, त्यसबाहेक माछापोखरीस्थित तरकारी बजार पनि हो ।


    उनलाई यतिबेला बिउ उत्पादनमा भने समस्या भएको छ । बिउ आफ्नै खेतमा उत्पादन हुन सके उनले महिनामा कमाउने फाइदा दिनमै कमाउँथे होला । शिवरामको गुनासो छ, 'हामीसंग प्राविधिक ज्ञान छैन । किनभने बिउका लागि आइसोलेशन डिसटेन्स व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँ त्यही भएर बिउ उत्पादन सम्भव नै छैन । पढाइका कारण कृषिमा धेरै सहज भएको उनको अनुभव छ । कृषिमा हुन सक्ने रोगका बारेमा ज्ञान भएकाले मलाई माटोको लगानीबाट फाइदा कमाउन सजिलो भएको छ' , उनी बताउँछन् । 


    'काँक्रो खेती विशेषगरी तीन महिनाका लागि हो । त्यसपछि म नगदेबालीमा लाग्छु । जस्तै धान खेती गर्छु । म यहाँ खुला खेतीमा लागेको किसान हुँ । टनेल बनाउने गरेको छैन । सुरु सुरुमा काम गर्दा लगानी कम भएकैले टनेल खेती गर्न नसकिएको हो, अहिले महिनामा मैले एक लाख कमाउने गरेको छु । कृषिमै पढाइ रहेकाले मैले माटोमा प्राविधिक र आर्थिक लगानी गरेको हुँ', शिवराम सविस्तार लगाउँछन् ।  

    उनी नेपालमै उद्यम गर्ने बताउँछन् । विदेश  गएर गर्ने पनि यही मेहनत हो भन्ठान्छन् उनी । ककनीमा विशेषगरी यो फोहरका कारण युवालाई धेरै समस्या भएको सुनाउँछन् । कृषिमै पनि फोहरका कारण हुने वायू प्रदुषणले विभिन्न रोग आएको छ । एउटा बोटबाट अर्को बोटमा रोग सार्ने किराहरु बढी सक्रिय भएको कारण अलि अलि सताएकै छ ।

    'यहाँका स्थानीय युवालाई रोजगारी मात्रै दिलाइदिए पनि धेरै सन्तोष हुन्थ्यौं हामी । तर केही समय अघि मात्रै युवालाई रोजगारी मिलाउनका लागि स्थानीय तहमै कुराकानी गर्दा पनि प्रहरी बल प्रयोग गर्ने, दमन गर्ने काम भएका  छन् । यसका कारण युवालाई यहीँ काम गर्न दुरुत्साहन मिल्छ । यदी युवालाई प्रोत्साहन मिल्ने हो र काम गर्ने वातावरण दिने हो भने यहाँ धेरै अवसर छन् । मात्रै खोजी चाहीँ हामी युवाले पनि गर्न सक्नुपर्छ', उनी भन्छन् । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij