Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

व्यवसायमा एआई, अघि बढ्दै महिला उद्यमी

व्यवसायमा एआई, अघि बढ्दै महिला उद्यमी

शनिबार, भदौ ६ २०८३
शनिबार, भदौ ६ २०८३
  • काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिले महिला उद्यमीहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ। भर्चुअल माध्यमबाट आयोजित तालिममा देशभरका ९० भन्दा बढी महिला उद्यमी सहभागी भएका थिए।

    images

    महिला उद्यमीलाई पछिल्लो प्रविधिसँग परिचित गराउँदै व्यवसाय सञ्चालन व्यवस्थापन बजारीकरण र व्यवसाय विस्तारमा एआईको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको समितिकी सभापति सुनिता न्हेम्हाफुकीले बताइन्।

    भूगोलपार्क एआई सोलुसन्सको सहकार्यमा आयोजित तालिममा एआईका आधारभूत अवधारणा व्यवसायमा यसको प्रयोग सामग्री निर्माण डिजिटल बजारीकरण व्यवसायिक सूचना संकलनलगायत व्यावहारिक विषयमा जानकारी तथा अभ्यास गराइएको थियो।

    कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले एआईलगायत नयाँ प्रविधिको प्रयोगले उद्यमशीलता र व्यवसायको प्रभावकारिता तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले महिला उद्यमीहरूले समयअनुकूल प्रविधि ज्ञान र सीप आत्मसात् गर्दै आफूलाई थप सक्षम बनाउनुपर्नेमा जोड दिए।

    महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महिला उद्यमीको क्षमता अभिवृद्धि र व्यवसायलाई प्रविधिमैत्री बनाउन यस्ता तालिम उपयोगी हुने बताए। उनले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउन काठमाडौंसहित सातै प्रदेशमा क्रमिक रूपमा ‘कोसेली घर’ स्थापना गरिने जानकारी दिए।

    महिला उद्यमी विकास समितिले आगामी दिनमा पनि महिला उद्यमशीलताको विकास र व्यवसायलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ज्ञान सीप तथा प्रविधिमा आधारित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij