Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

‘कुँडेमा तताएर राखेको दुध आँखीझ्यालबाट पिउँथे’

‘कुँडेमा तताएर राखेको दुध आँखीझ्यालबाट पिउँथे’

शुक्रबार, असोज २४ २०८२
शुक्रबार, असोज २४ २०८२
  • काठमाडौँको होप हर्मिटेज एल्डरकेयर सेन्टरमा  हामीले भेट्यौं उमेरले नौ दशक नाघेका गणेशप्रसाद शर्मा।
    पातलो जिर्ण शरीर, तर आँखा अझै चम्किला जहाँ एक युगको इतिहास बाँचिरहेको छ।

    images

    चार छोरी र एक छोराका पिता शर्मा आफ्नै बाल्यकाल सम्झँदा हाँसो रोक्न सक्दैनन्। उनको आमाले दूध कुँडामा तताएर राख्थिन् , उनी फर्सीको डाँढ काटेर आँखीझ्यालबाट पिउँथेँ ।  उनी मुस्कुराउँदै भन्छन्—बाल्यकालको त्यो सानोतिनो उपद्रो आज पनि उनको स्मृतिमा ताजा छ। बाल्यकालमा उनी उट्पट्याङ थिए, तर असल थिए । सदाचारका कारण नै सायद, गाउँमा सबैका लागि उनी उदाहरण बने।

    ११ कक्षासम्म अध्ययन गरेका शर्माले पञ्चायत कालमा बनेपाका प्रशासकीय अधिकृत भएर सेवा गरे। ग्राम विकास अधिकारीदेखि बनेपाका मेयरसम्मको यात्रा उनले ईमान र आत्मसम्मानका कार्यकाल पूरा गरे। राणाकाल देखेका शर्मा तत्कालीन पशुपति शम्सेर जबरासँग पनि निकट थिए। राजा महेन्द्रसँगको उनको सम्बन्धले उनको राजनीतिक दृष्टि अझ परिपक्व बनायो।उनको विवाह २१ वर्षको उमेरमा भयो। त्यो समय सम्झँदै उनी भन्छन्, ‘ त्यतिबेला त बिहे भनेको के हो भन्ने पनि बुझिनँ, अरूको बिहेमा बाजा बजाउँदा रमाइलो लाग्थ्यो।’ त्यो बेला बेहुलीहरू डोलीमा अन्मिन्थे, उर्लीन काठ पार गरेर आउने ती डोली आज कारमा रूपान्तरण भइसकेका छन् जमानासंगै ।

    त्यो समय बाठा–टाठाहरूले खाएर गरीबलाई पेल्ने चलन थियो। मुखिया र जीम्बालहरूलाई दसैंमा चिउरा, मासु, उपहार पुर्‍याउने चलनले समाजको असमानता झल्काउँथ्यो। ‘पहिले शोषण गरेर खाने जमाना थियो,’ उनी भन्छन्, ‘तर अहिले कोही कसैको लागि केही लग्नुपर्दैन—यो नै ठूला परिवर्तन हो।’ 
    शर्माका बुवा पनि असाधारण व्यक्ति थिए—आफैंले विद्यालय स्थापना गरेर गाउँ विकासमा लागे। त्यसकै प्रभावले गणेशप्रसादले त्यो कठिन समयमा पनि ११ कक्षासम्मको पढाइ पूरा गर्न सके। 
    २०४२–४३ सालको आन्दोलनमा उनी अगुवा कार्यकर्ता बने—देश बदल्ने सपना लिएर। ‘ देश बदल्न पढेलेखेको मान्छे चाहिन्छ’ उनी अझै पनि अडिग स्वरमा भन्छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij