Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

३० वर्षको उमेरसम्म चारवटा बिहे !

३० वर्षको उमेरसम्म चारवटा बिहे !

बुधबार, असोज २९ २०८२
बुधबार, असोज २९ २०८२

  • काठमाडौँ । दोलखा जिल्ला लादुकका ८१ वर्षीय पूर्णबहादूर खड्का अहिले कोटेश्वरमा बस्छन । कोटेश्वरमा बस्न थालेको छ वर्ष भइसकेछ । लादुकमा हुँदा उनी ढिक्की, जाँतोदेखि गोठको कामसम्म आफैं गर्थे ।

    images

    कति पढ्नुभएको छ?’ भन्ने प्रश्नमा उनी भन्छन् ‘हाम्रो पालामा विद्यालयलाई पाठशाला भनिन्थ्यो, र शिक्षकहरू लौरो लिएर हिँड्थे।’

    फोहर खुट्टा देखे भने लौरोको स्वाद चाख्नुपथ्र्यो । उनको पूरानो सम्झना अझै ताजा छ।पूर्णबहादूरका तीन छोरा र एक छोरी छन् ।  उनले जीवनमा चारवटा विवाह गरे अहिले तीनजना श्रीमती उनको साहरा बनेका छन् । कान्छी श्रीमती अरूसँगै गइसकिन् । उनी हाँस्दै भन्छन्, ‘तेह्र वर्षको उमेरमा पहिलो विवाह गरेँ, तीस वर्ष पुग्दा विवाह गर्न छोडें।’

    त्यो समयमा न त प्रहरी चौकी थियो, न त कानूनको डर । गाउँको चलन अनि गाउँकै निर्णय चल्थ्यो ।
    तीनवटी श्रीमती भए पनि उनका सम्बन्धहरू सहज थिएनन् । ‘एउटीलाई केही किनिदिँदा अरू दुईले झगडा गर्थे, ’उनी भन्छन्, ‘त्यसैले कुनै लुगा ल्याउँदा तिनै जनालाई एउटै किसिमको ल्याउनुपथ्र्यो।’
    अहिले उनी कान्छी श्रीमतीसँग कोटेश्वरमा बस्छन्, बाँकी दुई गाउँमै छन् । गाउँमा उनको खेत प्रशस्त छ, तर खेती गर्ने मान्छे नभएर अहिले सबै बाँझो छन्।राजनीतिबारे सोध्दा उनी भन्छन् ‘राजनीतिको कुरा त के गर्नु ?पाँच हजार पाउनुपर्ने वृद्धभत्ता चार हजार बनाइदिएका छन् ।’

    यद्यपि उनी अहिलेका नेताहरूबाट असन्तुष्ट पनि छैनन् । पञ्चायतकालको तुलना गर्दै भन्छन् ‘त्यतिबेला घरमा दूहूनो गाई वा राम्रो खसी राख्नै पाइँदैनथ्यो, नेताहरूले लैजान्थे,  अहिले त्यस्तो त छैन।’गाउँमा छँदा बजार जानुप¥यो भने उनी चरीकोट र सिंगटी बजार । त्यो समय सम्झिँदै मुस्कुराउँछन् ‘त्यतिबेला तेल १० रुपैयाँ थियो, एक बोरा चामल आठ सयदेखि तेह्र सयसम्म पथ्र्यो।’ बेलाबेलामा अहिलेको महंगी सम्झिदा उनलाई कहाली लाग्छ ।
    त्यो युगमा ‘जिम्बाल’, ‘तालुकी’ र ‘लप्टन’ नामका पदहरू चल्थे, प्रहरी चौकी भने थिएन ।
    अहिलेको पुस्ताले अघिल्लो पुस्तासंग सिक्नुपर्ने कुरा भनेको पितृ र धर्ममा आस्था राख्नु हो । 
    जीवनको अनुभव बताउँदै उनी अन्त्यमा भन्छन्  ‘जब जवान हुन्छौं, सबै कुरा आफ्नो हो जस्तो लाग्छ तर जब उमेर ढल्किदैं जान्छ कसले, कतिबेला खान देला भनेर पर्खेर बस्नुपर्ने रहेछ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij