Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

सडक सुनसान, बसन्तपूरमा होली (फोटोफिचर)

सडक सुनसान, बसन्तपूरमा होली (फोटोफिचर)

सोमबार, फागुन १८ २०८२
सोमबार, फागुन १८ २०८२
  • काठमाडौँ। भोट हाल्न मानिसहरू गाउँ गएपछि ‍यतिखेर काठमाडौँका सडक सुनसान छन्। यद्यप, बसन्तपूरमा होली खेल्नेको भने घुइँचो लाग्यो।

    images

    काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुरमा उल्लासका साथ होली मनाइएको छ । बिहानैदेखि स्थानीय बासिन्दा, युवायुवती तथा आन्तरिक एवं बाह्य पर्यटकहरूको उल्लेख्य उपस्थिति देखियो।

     हनुमानढोका दरबार क्षेत्र वरपर रंग, अबिर र पानीको फोहरासँगै संगीत र नृत्यले वातावरण रमाइलो बन्यो । विदेशी पर्यटकहरू पनि नेपाली परम्परागत होली संस्कृतिमा रमाउँदै एक–अर्कामा रंग लगाउँदै खुशी साटासाट गरे ।

    सुरक्षाका दृष्टिले नेपाल प्रहरी र ट्राफिक प्रहरीको विशेष व्यवस्था भइरहेको छ  । व्यापारीहरू रंग, पिचकारी, पानीका बेलुन तथा अन्य सामग्री बिक्रीमा व्यस्त देखिन्छन् ।

     वसन्त ऋतुको आगमनसँगै आउने यो पर्वलाई आपसी मेलमिलाप, सद्भाव र खुसी साटासाट गर्ने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ ।

     होली पर्वको सांस्कृतिक र धार्मिक पक्ष निकै रोचक छ। यस पर्वले असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय हुने शाश्वत सन्देश दिन्छ । विशेषगरी युवापुस्तामा लोकप्रिय रहेको यो पर्वमा पछिल्लो समय उल्लास बढ्दो छ।

    आज पहाडमा होली मनाइए पनि तराईका जिल्लाहरूमा भने पूर्णिमाको भोलिपल्ट अर्थात् भोलि मङ्गलबार मात्र यो पर्व मनाउने चलन छ।

    बसन्तपूर जस्ता क्षेत्रमा होली खेल्नेको घुइँचो लागिरहँदा काठमाडौंका सडक भने यतिखेर सुनसान छन्। चुनाव लागेसँगै मानिसहरू भोट हाल्न आआफ्नो निर्वाचन क्षेत्र गएपछि सडकहरू रित्ता भएका हुन्। हेर्नुहोस् काठमाडौंको सोमबारको अवस्था फोटोमा !

    IMG20260302124029 - Copy.jpg

    IMG20260302125317.jpg

    IMG20260302125905 - Copy.jpgIMG20260302135035 (1).jpg

    WhatsApp Image 2026-03-02 at 1.12.30 PM.jpeg
    undefined

    IMG20260302130154 - Copy (1).jpg

    IMG20260302125508 - Copy.jpg

    IMG20260302130640.jpg

    IMG20260302135732.jpg

    IMG20260302123557.jpg
    सुनसान काठमाडौं

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij