काठमाडौं। बिहिबार बिहान ७ बजेबाट सुरू भएको प्रतिनिधिसभा निर्वाचन साँझ ५ बजे सम्पन्न भएको छ।
छिटपुट घटनाले केही ठाउँमा तनावको स्थिती देखिए तापनि देशका अधिकांश क्षेत्रमा चुनाव शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले ५० प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक जानकारी दिएको छ । अब मतपेटिका संकलन भएपछि तोकिएको स्थानमा निर्वाचन क्षेत्रहरूको मतगणना सुरु हुनेछ ।
मतदानबारे आधिकारिक जानकारी दिन साँझ सवा ६ बजे आयोगले पत्रकार सम्मेलन गर्दैछ।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सिटका लागि भएको निर्वाचनमा कुल ६ हजार ५४१ उम्मेदवार मैदानमा छन् ।


