Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

आइतबार, वैशाख २० २०८३
आइतबार, वैशाख २० २०८३
  • सिन्धुली। राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सिन्धुलीमाढीमा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित विभिन्न संघ–संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम विशेषगरी दस्तावेजीकरण र प्रतिवेदन लेखनमा केन्द्रित रहेको थियो।

    images
    WhatsApp Image 2026-05-03 at 8.57.54 AM.jpeg

    सिन्धुली अपाङ्ग महिला सङ्घ र सिन्धुली बहिरा सङ्घको सहकार्यमा सम्पन्न सो कार्यक्रममा जिल्लाभरका विभिन्न संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा संस्थागत कार्यलाई व्यवस्थित बनाउन आवश्यक पर्ने दस्तावेजीकरणको महत्त्व, प्रतिवेदन लेखनका आधारभूत सिद्धान्त, परियोजनाका गतिविधिहरूको अभिलेखीकरण गर्ने तरिका र सिकाइ तथा उपलब्धिहरूलाई कसरी समेट्ने भन्ने विषयमा सहभागीहरूलाई प्रयोगात्मक जानकारी गराइएको थियो।

    WhatsApp Image 2026-05-03 at 8.57.54 AM (2).jpeg

    कार्यक्रमका सहभागीहरूले तालिमबाट प्राप्त व्यावहारिक ज्ञानले आगामी दिनमा संस्थागत सुशासन कायम गर्न र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। समापन सत्रका वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विकास र संस्थागत उत्तरदायित्वलाई मजबुत बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    WhatsApp Image 2026-05-03 at 8.57.54 AM (1).jpeg

    WhatsApp Image 2026-05-03 at 8.57.55 AM (1).jpeg

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij