Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल

वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल

शुक्रबार, वैशाख २५ २०८३
शुक्रबार, वैशाख २५ २०८३
  • काठमाडौं। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गरेकी छन्।

    images

    WhatsApp Image 2026-05-08 at 6.57.45 PM.jpeg

    शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु डब्लु एफबीच वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका क्षेत्रमा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ । वन तथा वन्यजन्तु संरक्षण, नीति निर्माण तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलगायतका क्षेत्रमा प्राविधिक तथा संस्थागत सहयोग विस्तारबारे समेत छलफल भएको छ । डब्लु डब्लु एफको सहयोगमा जलवायु वित्त परियोजना, जलाधार लचिलोपन व्यवस्थापन गायत विषयमा समेत छलफल भएको छ । सरकार र डब्लु डब्लु एफको सहकार्यमा जलवायु परिवर्तन न्यूनीकरण, दिगो कृषि प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वन्यजन्तु व्यवस्थापनमा लगायत काम भैरहेका छन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij