Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

खानेपानीमा लगाईएको कर हटाउन प्रधानमन्त्रीको ध्यानकर्षण

खानेपानीमा लगाईएको कर हटाउन प्रधानमन्त्रीको ध्यानकर्षण

आइतबार, जेठ १० २०८३
आइतबार, जेठ १० २०८३
  • काठमाडौं। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले खानेपानी क्षेत्रमा देखिएका गम्भीर समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला मन्त्रालय र निकायहरूमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

    images

    WhatsApp Image 2026-05-24 at 11.16.36 AM (1).jpeg

    हालै काठमाडौंमा सम्पन्न 'खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको समस्या र समाधान विषयक राष्ट्रिय परामर्श भेला' ले पारित गरेका निर्णयहरूलाई समावेश गरी महासंघले सरकार समक्ष आफ्ना मागहरू पेस गरेको हो। महासंघले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागमा ध्यानाकर्षण पत्र बुझाउँदै मागहरू तत्काल कार्यान्वयन गर्न अनुरोध गरेको छ।

    WhatsApp Image 2026-05-24 at 11.14.50 AM.jpeg

    महासंघले नेपालको संविधानमा खानेपानी र सरसफाइलाई मानव अधिकार र मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको स्मरण गराएको छ। संविधानमा कर छुटको व्यवस्था हुँदाहुँदै पनि विगतको सरकारले खानेपानीमा २५ प्रतिशत कर लगाएको भन्दै महासंघले उक्त कर तत्काल खारेज गर्न माग गरेको छ। साथै खानेपानी उपभोक्ता संस्थाहरूलाई विद्युत महसुलमा पूर्ण छुट दिनुपर्ने र भौतिक पूर्वाधार विकास मन्त्रालयको नाम परिवर्तन गरी 'खानेपानी तथा सरसफाइ मन्त्रालय' राख्नुपर्ने माग समेत ध्यानाकर्षण पत्रमा उठाइएको छ।

    WhatsApp Image 2026-05-24 at 11.13.08 AM.jpeg

    देशभर निर्माणाधीन र अधुरा रहेका खानेपानी आयोजनाहरू सम्पन्न नहुँदासम्म निरन्तर बजेट विनियोजन गरिनुपर्नेमा महासंघले जोड दिएको छ। त्यस्तै, सार्वजनिक जग्गा वा वन क्षेत्रमा बनेका खानेपानीका संरचनाहरूको संरक्षण गरिनुपर्ने र ती जग्गाहरूको कानुनी रूपमा भोगाधिकार उपभोक्ता संस्थालाई सुम्पिनुपर्ने माग १५ बुँदे पत्रमा समेटिएको छ।

    'नेपाल सरकारले हाम्रा जायज मागहरू पूरा गर्नेछ र आन्दोलनबाट मात्र माग सम्बोधन गर्ने विगतको खराब परम्परालाई वर्तमान परिवर्तनशील सरकारले अन्त्य गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं' महासंघका अध्यक्ष राजेन्द्र अर्यालले भनेका छन्।

    WhatsApp Image 2026-05-24 at 11.17.38 AM.jpeg

    महासंघले आफ्ना शान्तिपूर्ण सांकेतिक ध्यानाकर्षण कार्यक्रम तथा राष्ट्रिय परामर्श भेलामा देशभरबाट उपस्थित भई अधिकार प्राप्तिको आन्दोलनमा योगदान पुर्‍याउने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, समूह, समितिका पदाधिकारी तथा सदस्यहरू र तहगत महासंघका प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

    साथै, महासंघको अभियानलाई सदैव सहयोग गर्ने विभिन्न संघ-संस्थाहरू र खानेपानी तथा सरसफाइको मुद्दालाई प्राथमिकताका साथ आम नागरिकसम्म पुर्‍याउने सञ्चारगृह तथा सञ्चारकर्मी मित्रहरू प्रति अध्यक्ष अर्यालले महासंघको तर्फबाट विशेष आभार व्यक्त गरेका छन्।

    WhatsApp Image 2026-05-24 at 11.14.22 AM.jpeg

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij