Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

कैलालीमा दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलालीमा दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

शुक्रबार, जेठ २२ २०८३
शुक्रबार, जेठ २२ २०८३
  • कैलाली। धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालुु आर्थिक वर्षको प्रथम १० महिनामा रु ६ करोड राजस्व सङ्कलन गरेको छ ।

    images

    सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले राससलाई जानकारी दिनुभयो । आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ ।

    हाल दैनिक ३० हजार ५ सय लिटर दूध सङ्कलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij