काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती अधिवेशन नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिले ढिलाइ गरेपछि प्रतिनिधिहरू घर फर्कन थालेका हुन्। बुधबार बिहानसम्म मतदान सुरु नभएपछि धेरै प्रतिनिधि घर फर्कन थालेका हुन्।
नयाँ नेतृत्वका लागि सभापति पदमा उत्सव अर्याल, अच्युत्तम लामिछाने, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले सभापति पदमा उम्मेदवारी दिएका थिए। अधिवेशनमा १३ सय बढी प्रतिनिधि सहभागी थिए। रास्वपाले प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरेको थियो ।


