Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

खाद्य अनुगमनमा लाखौं रुपैयाँका उत्पादन नष्ट ( फोटो सहित )

खाद्य अनुगमनमा लाखौं रुपैयाँका उत्पादन नष्ट ( फोटो सहित )

सोमबार, असार ८ २०८३
सोमबार, असार ८ २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले असार ४ गते गरेको संयुक्त अनुगमनका क्रममा झापाको अर्जुनधारा–५ स्थित फ्रुट एग्रो प्रडक्ट प्रालिका करिब पाँच लाख रुपैयाँ बराबरका पेय पदार्थ नष्ट गरेको छ।

    images
    Screenshot 2026-06-22 132610.png

    कार्यालयका अनुसार ORS ब्रान्डका म्याङ्गो ड्रिंक र अरेन्ज ड्रिंकमा नेपाल सरकारले तोकेको फलफूलजन्य पेय पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार १० प्रतिशत फलफूलको रस नभेटिएपछि उक्त उत्पादन नष्ट गरिएको हो। अनुगमनका क्रममा ORS ब्रान्डका म्याङ्गो ड्रिंक ४९८ कार्टुन र अरेन्ज ड्रिंक २५० कार्टुन गरी कुल ४ लाख ९२ हजार ९३२ रुपैयाँ बराबरका उत्पादन विभिन्न निकायको रोहवरमा नष्ट गरिएको कार्यालयले जनाएको छ।

    Screenshot 2026-06-22 132550.png

    जिल्ला प्रशासन कार्यालय झापा तथा अर्जुनधारा नगरपालिकासहितको संयुक्त टोलीले उक्त उद्योगमा अनुगमन गरेको थियो।

    यस्तै, विराटनगरस्थित मिथिला थाली विराटनगर प्रालिमा गरिएको अनुगमनका क्रममा हाइड्रो तथा कृत्रिम अखाद्य रङ प्रयोग गरी मिठाई बनाइएको पाइएको छ। साथै म्याद गुज्रिएको खाद्य सामग्री भण्डारण कक्षमा राखिएको र खाना तयार गर्ने स्थानको सरसफाइ अवस्था सन्तोषजनक नरहेको पनि भेटिएको कार्यालयले जनाएको छ।

    Screenshot 2026-06-22 133016.png

    अनुगमनपछि अखाद्य पदार्थ प्रयोग गरी बनाइएको पाँच किलोग्राम मिठाई नष्ट गरिएको छ। त्यसको मूल्य एक हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ। साथै करिब एक हजार ९५ रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरिएको छ भने एक थान हाइड्रो र एक थान चम्पाइ रङ पनि नष्ट गरिएको कार्यालयले जनाएको छ।

    कार्यालयले सम्बन्धित व्यवसायलाई अब उप्रान्त अखाद्य वस्तु प्रयोग नगर्न, खाद्य वस्तु उत्पादन गर्ने स्थानको संरचनामा सुधार गर्न तथा दिइएका निर्देशनको पालना गरी यथाशीघ्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ।

    विराटनगर–८ स्थित हाम्रो मिथिला किचेनमा गरिएको अनुगमनका क्रममा खाद्य पदार्थ तयार गर्ने स्थानको प्रवेशद्वारमा जाली नभएको, फ्रिजमा खानेकुरा नछोपिएको तथा अनुगमनका बेला खाद्य पदार्थ उत्पादनको कार्य नभएको पाइएको छ। उक्त व्यवसाय क्लाउड किचेनका रूपमा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ।

    Screenshot 2026-06-22 133157.png

    अनुगमन टोलीले स्टेनलेस स्टिलका भाँडा प्रयोग गर्न, प्रवेशद्वारमा जाली ढोकाको व्यवस्था गर्न तथा खाद्य पदार्थ तयार गर्ने स्थानमा पर्याप्त प्रकाशको व्यवस्था गर्न निर्देशन दिएको छ।

    त्यसैगरी विराटनगर–६ स्थित होटल १०० प्रतिशत एण्ड फेमिली रेस्टुरेन्टमा यसअघि देखिएका कैफियत सुधार नभएसम्म उत्पादन तथा बिक्री वितरण रोक लगाइएको थियो। असार ४ गते गरिएको पुनः अनुगमनमा भने सम्बन्धित व्यवसायले कैफियत सुधार गरी निर्देशनको पालना गरेको पाइएको कार्यालयले जनाएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका अनुसार उक्त दिन चार वटा खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो।

    Screenshot 2026-06-22 133337.png

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij