चितवन । पार्टीको महाधिवेशनको सिलसिलामा चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको ब्रेकफास्टमा अम्लेटभित्र माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान एयरपोर्ट अगाडि रहेको लर्ड होटल मा ब्रेकफास्ट गर्ने क्रममा अम्लेटभित्र दुईवटा माछाका काँडा भेटिएको थियो।
घटनापछि सो होटलको किचनमा खाना बनाउने दुई जना कुकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका एसपीले रामेश्वर पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार घटनापछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपाल प्रहरी लगायतको संयुक्त टोलीले होटलको भान्छामा अनुगमन गरेको छ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई उपलब्ध गराइने खाना स्वस्थ र गुणस्तरीय होस् भन्ने उद्देश्यले होटलहरूको अनुगमनलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


