Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

मन्त्रालयहरूमा अपाङ्गतामैत्री सेवाको सुरुवात

मन्त्रालयहरूमा अपाङ्गतामैत्री सेवाको सुरुवात

बुधबार, असार २४ २०८३
बुधबार, असार २४ २०८३
  • काठमाडौं । नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप समावेशी, पहुँचयुक्त र नागरिकमैत्री बनाउने नीति अनुरूप मन्त्रालय परिसरमा विशेष सेवा विस्तार गरेको छ।

    images

    नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आजैदेखि लागू हुने गरी सिंहदरबारस्थित मन्त्रालय परिसरभित्र ह्विलचेयर सेवा सञ्चालनमा ल्याएको हो।

    मन्त्रालयका अनुसार शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक तथा अन्य आवश्यकता भएका सेवाग्राहीलाई लक्षित गरी यो सुविधा उपलब्ध गराइएको हो।

    सरकारको समावेशी शासन र समान पहुँचको प्रतिबद्धताअनुरूप यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ। आगामी दिनमा सेवाग्राहीको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै थप सुधारका कार्यक्रमहरू समेत सञ्चालन गर्दै जाने मन्त्रालयको योजना रहेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij