काठमाडौं । लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वका साथै त्यस वरपरका अन्य छिमेकी जिल्ला र क्षेत्रहरूमा समेत कडा रूपमा महसुस गरिएको थियो। धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरूमा केही बेर त्रास फैलिएको थियो ।
भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।


