Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

गोलबजार तनावग्रस्त

गोलबजार तनावग्रस्त

प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु, एक घाइते

बिहीबार , साउन १४ २०८३
बिहीबार , साउन १४ २०८३
  • सिराहा। सिराहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय सिराहाले प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको जानकारी दिएको हो।

    गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव हुन्। गोली लागेर घाइते भएका अर्का एक जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले बताए।

    घटनापछि प्रदर्शनकारीहरूले मृतकको शव उठाउन दिएका छैनन्। उनीहरूले शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्।

    उता प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास मात्रै प्रयोग गरिएको जनाएको छ।

    घटनापछि जिल्लास्थित सुरक्षा निकायका उच्च अधिकारीहरू घटनास्थलतर्फ गइरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij