Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रदर्शन रोक्न धार्मिक अगुवासँग सभापति लामिछानेको छलफल

प्रदर्शन रोक्न धार्मिक अगुवासँग सभापति लामिछानेको छलफल

शुक्रबार, साउन १५ २०८३
शुक्रबार, साउन १५ २०८३
  • काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र तनावका बीच सामाजिक सद्भाव कायम राख्ने विषयमा धार्मिक अगुवासँग छलफल गरेका छन्।

    images

    शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा मौलाना नरुल हुसेन, मोहम्मद खालिद, विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयाल सहभागी थिए।

    छलफलका क्रममा लामिछानेले सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शन रोक्न र समुदायबीच सद्भाव कायम राख्न धार्मिक अगुवाहरूले सकारात्मक भूमिका निर्वाह र अपिल गर्न आग्रह गरेका छन्।

    पछिल्ला केही दिनयता सुनसरी, सिराहा, धनुषा लगायतका जिल्लामा प्रदर्शन, झडप र तनावका घटनाहरू देखिएका छन्। केही स्थानमा स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेशसमेत जारी गरेको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

    यही पृष्ठभूमिमा लामिछानेले विभिन्न धार्मिक समुदायका प्रतिनिधिसँग संवाद गर्दै शान्ति, सहिष्णुता र सामाजिक एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij