Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

क्याबद्वारा समावेशी युवा खेलकुद क्लब गठन

क्याबद्वारा समावेशी युवा खेलकुद क्लब गठन

बुधबार, साउन २० २०८३
बुधबार, साउन २० २०८३
  • काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको पहलमा अपाङ्गता भएका र नभएका युवालाई एउटै खेलकुद मञ्चमा जोड्ने उद्देश्यसहित ‘समावेशी युवा खेलकुद क्लब’ औपचारिक रूपमा गठन भएको छ।

    images

    WhatsApp Image 2026-08-05 at 4.57.00 PM.jpeg

    साउन २० गते बुधबार काठमाडौंको नयाँ बानेश्वरमा नेत्रहीन क्रिकेट संघ नेपाल (CAB Nepal) को पहलमा क्लब गठन गरिएको हो। क्लब गठन कार्यक्रममा नेत्रहीन क्रिकेट संघ नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल ३५ जनाको सहभागिता रहेको थियो।

    WhatsApp Image 2026-08-05 at 4.57.00 PM.jpeg

    नवगठित क्लबको समितिमा अपाङ्गता भएका तथा नभएका गरी ९ जना सदस्य रहेका छन्। खेलकुद क्षेत्रमा सबैको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले क्लबलाई समावेशी अवधारणाअनुसार अघि बढाइएको हो।

    नेत्रहीन क्रिकेट संघ नेपालका अनुसार केवल अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र समेटेर अघि बढ्दा उनीहरूको खेल प्रतिभा र क्षमतालाई व्यापक रूपमा प्रवर्द्धन गर्न चुनौती हुन सक्ने भएकाले अपाङ्गता भएका र नभएका दुवै समूहलाई समेटेर क्लब गठन गरिएको हो।

    WhatsApp Image 2026-08-05 at 4.57.01 PM (1).jpeg

    नेत्रहीन क्रिकेट संघ नेपालले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदमा सहभागिता विस्तार, क्षमता विकास र सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्दै आएको छ। सोही उद्देश्यलाई विस्तार गर्दै समावेशी खेलकुद संस्कृतिको विकासका लागि क्लब स्थापना गरिएको हो।

    WhatsApp Image 2026-08-05 at 4.57.00 PM (1).jpeg

    क्लबले अपाङ्गता भएका र नभएका दुवै खेलाडीले सहभागी हुन सक्ने विभिन्न खेल गतिविधि सञ्चालन गर्नेछ। बास्केटबल, क्रिकेट, पौडी, फुटबल, जुडो, कराते लगायतका खेलहरू क्लबका प्रमुख गतिविधिमा समेटिएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij