Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

५५ ग्याँस डिपोमा प्रहरी परिचालन

५५ ग्याँस डिपोमा प्रहरी परिचालन

आइतबार, साउन २४ २०८३
आइतबार, साउन २४ २०८३
  • काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्याँसको चरम अभाव देखिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले ५५ वटा बिक्री डिपोहरूमा प्रत्यक्ष सुरक्षाकर्मी परिचालन गरी ग्याँस वितरण कार्य सुरु गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार प्रहरीको निगरानीमा शनिबार एकै दिन कुल ७ हजार ७३६ सिलिन्डर ग्याँस वितरण गरिएको छ। जसमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारणका लागि र ३ हजार ३९ सिलिन्डर ग्याँस व्यावसायिक प्रतिष्ठानहरूलाई उपलब्ध गराइएको छ।

    विशेष वितरण प्रक्रिया अन्तर्गत सुकेधारास्थित श्री ग्याँस डिपोबाट होटल तथा व्यावसायिक क्षेत्रका लागि २ हजार ८०० सिलिन्डर र टोखास्थित जय कालिका ग्याँस डिपोबाट सर्वसाधारणका लागि २३४ सिलिन्डर ग्याँस बाँडिएको प्रहरीले जनाएको छ।

    ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बेच्ने र कालोबजारी तथा अवैध भण्डारण गर्ने गतिविधि रोक्न उपत्यकाका विभिन्न ग्याँस डिपो र बजार क्षेत्रमा सादा पोसाकका प्रहरी टोलीसमेत परिचालन गरिएको छ। आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज नभएसम्म डिपोहरूमा प्रहरीको प्रत्यक्ष उपस्थिति र बजार अनुगमन निरन्तर रहने अधिकारीहरूले बताएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij