Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

जापान पठाउने भन्दै २ करोड ८० लाख ठगी, सीईओ पक्राउ

जापान पठाउने भन्दै २ करोड ८० लाख ठगी, सीईओ पक्राउ

मंगलबार, साउन २६ २०८३
मंगलबार, साउन २६ २०८३
  • काठमाडौं । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएर ठगी गरेको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रहरीका अनुसार बुढाथोकीले Gatsby International Pvt. Ltd. मार्फत जापान पठाउने आश्वासन दिँदै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ संकलन गरेका थिए। रकम लिएपछि उनीहरूलाई वैदेशिक रोजगारीका लागि जापान नपठाएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

    पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij