Logo

आइतबार, कात्तिक २ २०८३

आइतबार, कात्तिक २ २०८३

साना किसानबाट डिडिसीले ६० हजार लिटर दूध उठाउँदै

साना किसानबाट डिडिसीले ६० हजार लिटर दूध उठाउँदै

बुधबार, साउन २७ २०८३
बुधबार, साउन २७ २०८३
  • काठमाडौं। चालु आर्थिक वर्षभित्र साना किसान सहकारी संस्थाबाट ६० हजार लिटर दूध दुग्ध विकास संस्थान (डिडिसी) मा ल्याउने प्रक्रिया आजबाट सुरु भएको छ । साना किसानलाई डिडिसीसंग जोड्ने मुख्य उद्देश्यसहित डिडिसी, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (NACCFL) र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) बीच आज त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएपछि सो प्रक्रिया सुरु भएको हो । 

    images


    लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा तीनवटै संस्थाका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    सरकारको पूर्ण स्वामित्वमा रहेको डिडिसी, साना किसान सहकारी संस्थाहरूको छाता संगठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र राष्ट्रियस्तरको थोक कर्जा प्रदायक संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको समझदारीले दुग्ध क्षेत्रको एकीकृत विकास, दूध आपूर्ति तथा बजारीकरणलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।


    समझदारीअनुसार साना किसान सहकारी संस्थामार्फत दूध संकलन तथा आपूर्तिलाई डिडिसीसँग जोड्ने र उत्पादक किसानको हित संरक्षण गर्ने उद्देश्य राखिएको छ । यसबाट साना किसानलाई दुग्ध उत्पादन तथा बजारीकरणमा सहकारी र वित्तीय क्षेत्रको सहयोगसँग जोड्ने अपेक्षा गरिएको छ ।


    त्यस्तै, मुलुकलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने तथा दुग्ध क्षेत्रको दिगो विकासका लागि तीनवटै संस्थाबीच सहकार्य र समन्वय गर्ने समझदारी भएको डिडिसीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij