Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

बागमती नेत्रहीन क्रिकेट संघको अध्यक्षमा सागर लामा

बागमती नेत्रहीन क्रिकेट संघको अध्यक्षमा सागर लामा

शुक्रबार, साउन २९ २०८३
शुक्रबार, साउन २९ २०८३
  • काठमाडौं। बागमती नेत्रहीन क्रिकेट संघको ११औँ साधारण सभाअन्तर्गत चौथो अधिवेशनबाट सागर लामाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

    images
    c8c4f715-a4a0-44b9-b078-34d0bbd756bf.jpg
    अध्यक्ष पवन घिमिरे र उपेन्द्र श्रेष्ठले  बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त

    संघको प्रचलित विधान नियमावली तथा निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार निर्वाचन निष्पक्ष पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिएको हो। निर्वाचन संयोजक राजेन्द्र दुलाल क्षेत्रीको संयोजकत्वमा सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

    नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सागर लामा उपाध्यक्षमा सुगम भट्टराई र सचिवमा मनिष बाबु पौडेल चयन भएका छन्।
     अन्य सदस्यसहित ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

    नवनिर्वाचित कार्यसमितिलाई नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र उपेन्द्र श्रेष्ठले  बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    नयाँ नेतृत्वले नेत्रहीन क्रिकेटको विकास खेलाडीको क्षमता अभिवृद्धि तथा संघको संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij