कञ्चनपुर।हिजो शुक्रबार अपराह्न नेपाल भारत जोड्ने बनबासा पुल बाट महाकाली नदीमा हाम फालेर बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका–६, सिरुणाका २७ वर्षीय सुनिल खत्रीको खोजी कार्य आज शनिबार पनि जारी रहेको छ।
खत्रीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोलीलगायत सुरक्षा निकाय परिचालन गरिएको छ। सुरक्षा टोलीले महाकाली नदी तथा आसपासका क्षेत्रमा निरन्तर खोजी गरिरहेको भए पनि अहिलेसम्म खत्रीको अवस्था पत्ता लाग्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बेपत्ता खत्रीको खोजी कार्यलाई निरन्तरता दिइएको जनाइएको छ ।


