Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

किरणलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी

किरणलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी

मंगलबार, भदौ २ २०८३
मंगलबार, भदौ २ २०८३
  • हेटौँडा । नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दलको नेतृत्वमा जगन्नाथ थपलियालाई निरन्तरता दिँदै किरण थापालाई मुख्यमन्त्री बनाउने गरी आन्तरिक सहमति जुटाउने तयारी गरेको छ।

    images

    मुख्यमन्त्री चयनलाई लिएर एमालेभित्र देखिएको विवाद समाधान गर्न मंगलबार भएको छलफलमा दुवै पक्षलाई समेट्ने गरी मध्यमार्गी विकल्प अघि सारिएको हो। सहमति बनेपछि प्रदेश संसदीय दलको बैठकबाट औपचारिक निर्णय गर्ने तयारी एमालेको छ।

    सहमति जुटाउन एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईको उपस्थितिमा हेटौँडामा छलफल भएको थियो। छलफलमा प्रदेशसभा सदस्य तथा मुख्यमन्त्रीका आकाङ्क्षी किरण थापा र संसदीय दलका नेता जगन्नाथ थपलियासहितका नेताहरू सहभागी थिए।

    एमालेभित्र मुख्यमन्त्री पदका लागि थापा र थपलियाबीच दाबी देखिएपछि नेतृत्व चयनको विषय पेचिलो बनेको थियो। विवादलाई टुंग्याउन दलको नेता र मुख्यमन्त्रीको जिम्मेवारी फरक व्यक्तिलाई दिने विकल्पमा छलफल भएको हो।

    एमाले नेता केशव पोखरेलका अनुसार थपलियालाई संसदीय दलको नेतामै कायम राखेर थापालाई मुख्यमन्त्री बनाउने सहमति नजिक पुगेको छ। उनका अनुसार आन्तरिक छलफलपछि संसदीय दलको बैठकबाट निर्णय गरिनेछ।

    मंगलबार बिहानैदेखि एमाले नेताहरूबीच भएको छलफलको निष्कर्षअनुसार सहमति कार्यान्वयन भएमा बागमती प्रदेश सरकारको नेतृत्व थापाले सम्हाल्नेछन् भने प्रदेशसभामा एमाले संसदीय दलको नेतृत्व थपलियाकै हातमा रहनेछ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij